पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भारतको कुम्भमेलामा सयौँ भक्तजन सङ्क्रमित

 वैशाख २, २०७८ बिहीबार ११:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

दुई महिनासम्म चल्ने मेलाको एउटा मुहूर्तमा अस्ति ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले हिजो पनि गङ्गा नदीमा स्नान गरेका अधिकारीले बताएका छन् ।

भारतमा दैनिक कोरोना भाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन् । भारतमा कोरोना महामारी सुरु भएपछि हिजो अहिलेसम्मकै सबै दैनिक सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा झण्डै दुई लाख जना सङ्क्रमित भएका छन् ।

महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला कुम्भमेला आयोजना गर्न दिइएको भन्दै आलोचना भइरहेको छ । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मङ्गलवार गङ्गास्नान गर्नु भएको थियो । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया