झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गयाे

 बैशाख २, २०७८ बिहिबार १३:१४:४३ | रासस
unn.prixa.net

झापा - पूर्वपश्चिम राजमार्गमा रहेकाे शिवसताक्षी नगरपालिका-११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परेर चालक २० वर्षीय उत्सव घिमिरेको ज्यान गएकाे छ।

काठमाण्डौको गोदावरीमा रहेकाे मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्याएर फर्किने क्रममा बा २१ च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका-७ बस्ने घिमिरेको ज्यान गएकाे हाे ।

एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै रहेका त्यही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते हुनुभएकाे छ । दुवैलाई उपचारका लागि बिर्तामोडमा रहेकाे बीएण्डसी अस्पतालमा लगिएको थियो । घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

घाइते तामाङको बीएण्डसीमै उपचार भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया