नेपालले दियाे थाइल्यान्डलाई ८२ रनकाे लक्ष्य
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – स्मार्टफोन ब्राण्ड सामसङले नयाँ वर्षमा एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात् फिचर फोन नयाँ फोर जी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।
डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियानअन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म एक जीबीका दरले एनसेल डाटा पाउनेछन् । सामसङको तर्फबाट ग्राहकले नयाँ फोर जी चल्ने स्मार्ट फोन पाउनेछन् ।
नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने आफ्नाे प्रतिबद्धता अनुरूप ल्याइएको सामसङले जनाएकाे छ । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिFदै असीमित डिजिटल सम्भावनासँग आफूलाई जोड्न सक्छन् ।
एनसेलको डाटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवम् खुसी थप्ने विश्वास सामसङले लिएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सीएम ०२ स्मार्टफोन लिन सक्छन् ।
ग्यालेक्सीएम ०१ कोरमा एक जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सीएम ०२ मा ग्राहकले आफ्नो आवश्यकताअनुसार दुई जीबी र्याम र ३२ जीबी स्टोरेज वा तीन जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेटमध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सीएम ०१ कोर र ग्यालेक्सीएम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेट चलाउन सक्ने कम्पनीले जनाएकाे छ ।
आफूसँग भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिइ त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभूत सर्त लागू हुनेछन् । पहिलो, पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनुपर्दछ । दोस्रो, फोनको ब्याट्री, स्क्रिनर फोनको बडीसहि अवस्थामा हुनुपर्दछ । यी दुई सर्त पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्याङ्कन गरिने र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड आठ सय रुपैयाँका साथ एक्स्चेन्ज प्रदान गरिने कम्पनीले जनाएकाे छ ।
यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।