सिभिल बैंकका सीईओ गुरुङ अब विदेशी बैंकको सीईओ

 वैशाख ३, २०७८ शुक्रबार १३:३३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – करार अवधि झण्डै तीन महिना बाँकी छँदा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिनुभएको छ । चैत मसान्तभित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले उहाँको राजीनामा स्वीकृत गरेको छैन ।

सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यहीबीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो । विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उहाँ पहिलो नेपाली बैंकर हुनुहुन्छ । 

गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा हुनुहुन्छ । उहाँ २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

यसअघि उहाँले हिमालय बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंकमा पनि काम गरिसक्नुभएको छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया