भक्तपुरमा मोटरसाइकल पल्टिँदा चालकको ज्यान गयो

 बैशाख ५, २०७८ आइतबार ७:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा गएराति मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको छ ।

चाँगुनारायण नगरपालिका-७ बागेश्वरीको ठूली गाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल पल्टिँदा त्यही ठाउँका ४६ वर्षका दामोदर लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

लामिछानेको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया