नाभाल्नीको जेलमा निधन भए रुसले गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी

 वैशाख ६, २०७८ सोमबार ९:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएमा रुसले गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेको खबर सार्वजनिक भइरहेको बेला अमेरिकाले रुसलाई चेतावनी दिएको हो । अमेरिकाले नाभाल्नीको अवस्थाबारेमा तत्काल स्पष्ट जानकारी दिएर उचित उपचारको व्यवस्था गर्न भनेको छ । यस्तै युरोपियन युनियन, बेलायत, फ्रान्स लगायतले पनि नाभाल्नीको उपचारमा हेलचेक्र्याइँ भइरहेको भन्दै चासो व्यक्त गरेका छन् ।

उपयुक्त उपचार नपाएमा नाभाल्नीलाई अब धेरै बचाउन कठिन हुने उपचारमा संलग्न डाक्टरहरुले बताएका बीबीसीले जनाएको छ । रुसले भने नाभाल्नीको स्वास्थ्य अवस्था जटिल बनेको कुरा स्वीकार गरेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नी गएको मार्च ३१ देखि अनसनमा हुनुहुन्छ ।

उहाँलाई गएको फेब्रुअरीमा जेल सजाय भएको थियो । नाभाल्नीमाथि गएको अगस्टमा विष आक्रमण भएको थियो । जर्मनीमा उपचार गराएर रुस फर्किएका नाभाल्नी विमानस्थलबाट पक्राउ पर्नुभएको हो ।  
 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया