एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार (आज) पनि घटेको छ । नेप्से ३७ दशमलव ५८ अङ्कले घटेर २६ सय ६१ दशमलव ९३ विन्दुमा झरेको छ । आइतवार (हिजाे) पनि नेप्से झन्डै ३६ अङ्कले घटेकाे थियाे ।
साेमवार बैंकिङ समूहको शेयर झण्डै ३५ अङ्कले, विकास बैंकको ५६ अङ्कले, व्यापार समूहको एक सय सात, होटल तथा पर्यटनको दुई सय ४०, जीवन बीमा समूहको शेयर एक सय २९ अङ्कले निर्जीवन बीमा समूहको दुई सय ३९ अङ्कले, उत्पादनको ४१, अन्यको २६, माइक्रोफाइनान्स समूहको शेयर ६२ अङ्कले घटेको छ । जलविद्युत र फाइनान्स समूहको शेयर भने सामान्य बढेको छ ।
साेमवार दुई सय १३ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भए । नागरिक लगानी कोषको मात्रै २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।
साेमवार सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको शेयर झण्डै १० प्रतिशतले घटेको छ । साेमवार प्रतिकित्ता २४ सय १ रुपैयाँबाट कारोबार सुरु भएको चन्द्रागिरिको शेयर बजार बन्द हुने बेलामा २१ सय ७३ रुपैयाँमा झरेको छ ।
समग्र बजार घटे पनि ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।