बैतडीका सबै पालिका सडक सञ्जालमा जोडिए

 बैशाख ६, २०७८ सोमबार २०:४०:८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको दुर्गम क्षेत्र मानिने सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ । बैतडीकाे पाटन नगरपालिका ८ को बिप्याकटालदेखि डडेल्धुराको बेलापुर हुँदै गाँउपालिकाको केन्द्रसम्म सडक पुगेको हो ।

गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । भाैगौलिक विकटताका कारण विकास निर्माणमा केही कठिनाइ भए पनि गाउँपालिकाको केन्द्रमा सडक पुगेकाले आजको दिन ऐतिहासिक भएको गाँउपालिकाका अध्यक्ष हरि सिंह धामीले बताउनुभयो ।

विभिन्न चुनौती र समस्याका बाबजुद पालिकाको केन्द्रमा सडक पुर्‍याउन सफल भएको अध्यक्ष धामीले बताउनुभयो । यसका साथै गाँउपालिका अध्यक्ष धामीले सडक निर्माणमा खटिएका डोजर चालकलाई अबीर र माला लगाइदिएर स्वागतसमेत गर्नुभएको छ ।  

गाउँपालिकाको केन्द्रमा सडक पुगेसँगै अन्य विकास निर्माणका काममा समेत सहज हुने गाउँपालिकाकाले जनाएको छ । योसँगै बैतडीका सबै पालिकामा सडक सञ्जालले छोएको छ ।   

अन्तिम अपडेट: चैत २७, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया