विद्राेहीसँगकाे भिडन्तमा चाडका राष्ट्रपतिकाे ज्यान गयाे

 वैशाख ७, २०७८ मंगलबार १८:५७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विद्रोहीसँगकाे भिडन्तमा झडपमा घाइते हुनुभएका अफ्रिकी देश चाडका राष्ट्रपति इद्रिस डेबीको ज्यान गएको छ । भिडन्तकै क्रममा रहेको सेनालाई हौसला दिन हिजो लिवियासँगको  उत्तरी सीमा क्षेत्रमा पुगेका राष्ट्रपती डेबी विद्रोहीको गोली लागेर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा आज ज्यान गएको बीबीसीले जनाएको छ ।

सेनाका प्रवक्ता आजम बर्मान्डोआले देशका सर्वोच्च कमान्डर डेबीले देशको सार्वभौमसत्ता रक्षाको सिलसिलामा अमरत्व प्राप्त गरेको जानकारी दिएको खबरमा उल्लेख छ । डेबीका छोरा जनरल महमत काकालाई १८ महिनाको लागि अन्तरिम राष्ट्र प्रमुख घोषणा गरिएको छ ।  

सन् १९९० मा सैन्य 'कु' मार्फत सत्ता हातमा लिएका डेबी यसै महिनाको सुरुमा ८० प्रतिशत मतसहित छैटौँ कार्यकालको लागि निर्वाचित हुनुभएको थियो । चुनावको एकदिनपछि नै विद्रोहीले चाडको सीमा क्षेत्रमा ठूलाे आक्रमण गरेको थियो ।

अहिलेसम्मकै ठूलो मध्येको एक मानिएको भिडन्तमा तीन सय जना विद्रोही मारिएको र एक सय ५० जना पक्राउ परेका सेनाका प्रवक्ताले जनाएका खबरमा उल्लेख छ  । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया