विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – सुनको भाउ आज एकै दिन १३ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै विश्वमा सुन चाँदीको भाउमा उतार चढाव आइरहेको छ । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज तोलाको १३ सय १० रुपैयाँ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।