ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगायाे

 वैशाख ९, २०७८ बिहीबार ११:४१:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिबन्ध आउँदाे शनिवार (पर्सि) देखि लागू हुनेछ । यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्तालाई भने यो प्रतिबन्ध लागू हुने छैन । यद्यपि उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ ।

भारत, पाकिस्तान र बङ्गलादेशमा कोरोनाको नयाँ 'भेरिएन्ट' फैलिएको भन्दै ओमानले त्यहाँबाट आउने  यात्रुलाई रोक लगाएको हो ।

भारतमा गएको २४ घण्टामा तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो । यस्तै यही अवधिमा भारतमा कोरोनाका कारण दुई हजारभन्दा धेरैकाे ज्यान गएको छ ।   

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया