नेप्से १५ अङ्कले बढ्यो, झण्डै ६ अर्ब रुपैयाँको कारोबार

 वैशाख ९, २०७८ बिहीबार १६:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजारमा आज भने सुधार भएको छ ।

१५ दशमलव आठ अङ्कले बढेर नेप्से २६ सय ४८ बिन्दुमा पुगेको छ । होटल र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेको छ ।

आज बैंकिङ्ग समूहको शेयर नौ अङ्कले, विकास बैंकको ३८ अङ्कले, व्यापारको ११ अङ्कले, जलविद्युतको पाँच अङ्कले, फाइनान्सको साढे एक अङ्कले, माइक्रोफाइनान्सको ५३ अङ्कले, जीवन बीमा र निर्जीवन बीमाको एक सय १४ अङ्कले, उत्पादनको ४७ र अन्य समूहको शेयर ३१ अङ्कले बढेको छ ।

दुई सय १४ कम्पनीका एक करोड ३० लाख कित्ता शेयर पाँच अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनसीसी बैंकको ६२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । विशालबजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, ज्योती लाइफ र एनसीसी बैंकको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ ।

समग्र बजार बढे पनि हिमालय उर्जा विकास कम्पनीको शेयर साढे चार अङ्कले घटेको छ । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया