भारतमा अक्सिजनको चरम अभाव, माेदीद्वारा उच्च अधिकारीसँग छलफल

 बैशाख ९, २०७८ बिहिबार १८:९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना सङ्क्रमितको लागि अक्सिजनको चरम अभाव हुन थालेको विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न निकायका प्रमुखसँग आकस्मिक छलफल गर्नुभएको छ ।

मोदीले मन्त्रिपरिषद्का सचिव, मुख्यसचिव, गृहसचिव र विभिन्न मन्त्रालयका उच्च अधिकारीलाई भेटेर तत्कालै अक्सिजनको आपूर्ति बढाउन निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।

जवाफमा उच्च अधिकारीहरुले यो हप्ता अक्सिजनको आपूर्ति बढाउनेगरी काम भइरहेको जानकारी दिएका छन् । मोदीले अक्सिजन बढाउने, द्रुत गतिमा ढुवानी गर्ने र स्वास्थ्य केन्द्रलाई नयाँ प्रणालीबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ ।

एक राज्यबाट अक्सिजन बोकेर अर्को राज्यमा जाने गाडीलाई कतै पनि अवरोध नगर्न मोदीले निर्देशन दिनुभएको छ । भारतका २० राज्यमा अहिले प्रतिदिन ६ हजार सात सय ८५ मेट्रिक टन मेडिकल अक्सिजनको माग भइरहेकोमा माग अनुसार आपूर्ति हुन सकेको छैन् ।

अक्सिजनको छिटो आपूर्तिको लागि तीव्र गतिका रेल हवाईजहाजको समेत प्रयोग गर्न सकिनेतर्फ केन्द्रीय सरकारले सुझाव दिएको छ । भारतमा पछिल्ला दिनमा कोरोना सङ्क्रमितले अक्सिजन नपाएरै ज्यान गुमाएका घटना बढ्दै गएका छन् ।  
फोटो  ः पीआईबी इन्डिया

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया