दिल्लीमा रहेका सबै अस्पताल कोरोना सङ्क्रमितले भरिए

 बैशाख १०, २०७८ शुक्रबार ६:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् ।

अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको बीबीसीले जनाएको छ । यस्तै भारतको दिल्लीमा रहेका ६ वटा अस्पतालमा अक्सिजन सकिएको छ।

अरु अस्पतालहरुमा पनि केही समयका लागि मात्रै पुग्ने अक्सिजन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले दिल्लीबाट अक्सिजन बोकेका ट्याङ्करहरु अरु राज्यमा जान दिइएको छैन । उनीहरुले अक्सिजन भण्डारण गरेर राखेर आपूर्ति रोकेको हुन सक्ने आशङ्का गरिएको छ ।

भारतमा कतिपय व्यक्तिहरुले अक्सिजन नपाएर ज्यान गुमाएका पनि बीबीसीले जनाएको छ । भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै हरेक दिन विश्वमै सबैभन्दा धेरै कोरोना सक्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित गाभिएका छन् भने २ हजार २ सय ५६ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया