इन्डाेस्काेपीपछि प्रधानमन्त्री ओली आराम गर्दै, अवस्था सामान्य
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आग्रह गरेको छ ।
संविधानको धारा २७१ अनुसार आउँदो जेठ ६ गते हुने उपचुनावका लागि दल दर्ता गर्न आयोगले आग्रह गरेको हो ।
आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न भनेको छ । वागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपचुनावद्वारा पूर्ति गरिने व्यवस्था छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ को चुनावमा निर्वाचित रामबहादुर थापाले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गर्नु भएको थियो । त्यही रिक्त पदका लागि उपचुनाव हुन लागेको हो ।
सांसद पद हटेसँगै थापाको गृहमन्त्री पद पनि गएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।