भारतमा एकैदिन झण्डै दुई लाख जनाले कोरोनालाई जिते

 बैशाख ११, २०७८ शनिबार ७:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा पहिलो पटक एकैदिनमा झण्डै दुई लाख जनाले कोरोनालाई जितेका छन्।

भारतमा सङ्क्रमणको नयाँ रेकर्ड बन्दै गरेका बेला निको हुनेकाे सङ्ख्या पनि बढेको छ । गएको २४ घण्टामा एक लाख ९२ हजारभन्दा धेरैले कोरोनालाई जितेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै भारतमा निको हुनेको सङ्ख्या एक करोड ८६ लाखभन्दा धेरै पुगेको छ । यस्तै, पछिल्लो तीन दिनमा भारतमा कोरोनाका १० लाखभन्दा धरै सङ्क्रमित थपिएका छन् । तीन दिनमा ६ हजारभन्दा धेरैको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ लाखभन्दा धेरै पुगेको छ ।

भारतमा गएको २४ घण्टामा तीन लाख ४५ हजार एक सय ४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । दुई हजार ६ सय २१ जनाको गएको २४ घण्टामा ज्यान गएको छ  । योसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ लाख ९ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या भने एक करोड ६६ लाखभन्दा धेरै पुगेको छ ।

पछिल्लो  समय भारतमा कोरोना महामारी दिनदिनै बढिरहेको छ भने ज्यान गुमाउनेहरु पनि बढिरहेका छन् । कोरोनाका गम्भीर बिरामी बढेसँगै दिल्ली, महाराष्ट्रलगायत राज्यका अस्पताल भरिभराउ हुन थालेका छन् । बिरामीले शैया पाउन लामो समयसम्म पर्खनु पर्ने अवस्था छ । यस्तै, बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । यस्तै, जोखिम बढेपछि आन्ध्र प्रदेशमा आजदेखि रात्रिकालीन कर्फ्यु लागु हुने भएको छ ।

आन्ध्र प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा धेरै छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया