भारतको उत्तराखण्डमा फेरि हिमताल फुट्यो

 वैशाख ११, २०७८ शनिबार ९:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ ।

भारत-चीन सीमा क्षेत्र नजिक चमोली जिल्लामा रहेको हिमताल फुटेको उत्तराखण्ड सरकारलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

हिमपात फुटेको ठाउँकाबारेमा जानकारी लिने काम भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । तर, खराब मौसमका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना लिन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले आधिकारिक पुष्टि नभएसम्मका लागि धैर्य राख्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ।

यो क्षेत्रमा आवादी कम भएकाले क्षति कम हुने आकलन गरिएको छ । यसअघि गएको फागुनमा उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीमा परेर ५० जनाको ज्यान गएको थियो।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया