सत्ता हत्याएपछि म्यानमारका सैनिक प्रमुख पहिलो विदेश भ्रमणमा

 वैशाख ११, २०७८ शनिबार १४:५८:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सैन्य ‘कू’ गरेर सत्ता हत्याएपछि म्यानमारका सैनिक प्रमुख पहिलोपटक विदेश भ्रमणमा जानुभएको छ । सैनिक प्रमुख जनरल मिन आङ लाइङ आज इन्डोनेशियाको राजधानी जकार्ता जानुभएको बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएका सैनिक प्रमुखले अन्तर्राष्ट्रिय नेताहरुसँग पहिलो पटक भेटवार्ता गर्न लाग्नुभएको हो । इन्डोनेशियामा दक्षिण पूर्वी एसियाली देशहरुको एसाेसिएशन आसियनको सम्मेलन हुँदैछ । म्यानमारसहित १० सदस्य देशका नेता तथा विदेशमन्त्रीहरु सामेल हुने सम्मेलनमा म्यानमारको अहिलेको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ ।

सैनिकले सत्ता लिएयता म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ । सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म सात सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं पक्राउ परेका छन् । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganesh Rana

    April 24, 2021, 3:23 p.m.

    नेपाली पत्रकारिताको बिजोग । नेपाली राष्ट्रपति, प्रधानमन्त्री अनि राजाहरुलाई तिमी अनि बिदेशीहरुलाई तपाईं र कति हाँस्नु 🤣

  •  0 Reply

तपाईको प्रतिक्रिया