भारतमा कोरोनाविरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट

 बैशाख १२, २०७८ आइतबार ९:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत सरकारले कोभिड-१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने भएको छ ।

कोभिड-१९ विरुद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय भएको भारतको सङ्घीय वित्त मन्त्रालयले जनाएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने निर्णय गरेको छ ।

पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको र अक्सिजन अभावका कारण बिरामीको ज्यान जाने अवस्था आएसँगै भारत सरकारले यस्तो निर्णय गरेको हो ।

भारतमा हरेक दिन थपिने र ज्यान गुमाउने कोरोना सङ्क्रमितले नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा साढे ३ लाख सङ्क्रमित थपिएका छन् । यस्तै एकैदिन २ हजार ७ सय ७१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ९२ हजार ३ सय १० पुगेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया