भारतमा कोरोना : एकै दिन २ हजार ७ सयभन्दा धेरैकाे ज्यान गयो, अन्तिम संस्कारका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता

 वैशाख १२, २०७८ आइतबार १४:४५:३० | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई हजार सात सय ६७ जनाको ज्यान गएको छ । भारतमा कोरोनाको दोस्राे लहर लहर फैलिएर सघन उपचार कक्ष, औषधि र अक्सिजनको अभावका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको बेला एकै दिन दुई हजार सात सय ६७ जनाको ज्यान गएको हो ।

भारतमा काेराेना सङ्क्रमणबाट अहिलेसम्म एक लाख ९२ हजार तीन सयभन्दा धेरै जनाकाे ज्यान गइसकेकाे छ । 

यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै तीन लाख ४९ हजार ६ सय ९१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतमा पछिल्लो दुई हप्तामा मात्रै ३० लाख सङ्क्रमित थपिएका छन् ।

भारतमा अहिले अन्तिम संस्कारका लागि शवदाह गर्ने ठाउँमा घण्टौँ पर्खनुपर्ने बाध्यता आएको छ । शवदाह स्थलमा बसेर केही दिन शव गनिरहेका पत्रकारहरूले सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा दशौँ गुणा धेरैको ज्यान गइरहेको बताएका बीबीसीले जनाएको छ ।

अहिले भारतका अस्पतालमा बेड अभाव छ भने अक्सिजन नपाएर दैनिक कैयौँले ज्यान गुमाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया