इराकमा कोरोना अस्पतालमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ८२ पुग्यो

 वैशाख १२, २०७८ आइतबार १८:३:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इराकमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको उपचार भइरहेको सघन उपचार कक्षामा भएको आगलागीमा परि ज्यान गुमाउनेको सङ्ख्या ८२ पुगेको छ ।

राजधानी बग्दादमा रहेको इबन अल–खातिभ अस्पतालमा शनिवार राति भएको आगलागीमा कम्तीमा ८२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । आगलागीका कारण एक सयभन्दा धेरै घाइते भएका छन् ।

अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी सुरु भएको बताइएको छ । अस्पतालमा अग्नि नियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका अरू प्रज्ज्वलनशील सामानहरूमा आगो तत्कालै सल्किएको खबरमा उल्लेख छ ।

अस्पतालको प्रशासनका अनुसार धेरैजसो बिरामीलाई अन्यत्र सार्नुपरेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो । कतिपयको आगलागीबाट निस्किएकाे धुवाँले निस्सासिएर ज्यान गएको छ । अस्पतालबाट एक सय २० जना बिरामी र उनीहरूका आफन्तमध्ये ९० जनालाई भने सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

इराकमा अस्पतालहरूमा औषधि र शय्याको चरम अभाव भइरहेका बेला अस्पतालमा आगलागी हुँदा कोरोना सङ्क्रमतिको उपचारमा जटिलता थपिएको छ ।  

काेराेना महामारी सुरु भएयता इराकमा अहिलेसम्म दश लाख २५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे र १५ हजारभन्दा धेरैकाे ज्यान गएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया