आकाश खुलेसँगै देशभर गर्मी बढ्यो

 वैशाख १३, २०७८ सोमबार ७:५०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ ।

अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताउनुभएको छ । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि गर्मी बढेको छ ।

हिजो काठमाण्डौको तापक्रम ३२ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अस्तिको तापक्रम २९ डिग्री सेल्सियस थियो । यस्तै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जकाे ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पनि बिहानैदेखि गर्मी छ ।

आज काठमाण्डौको तापक्रम ३३ डिग्री पुग्ने अनुमान गरिएको छ । यस्तै दिपायलको तापक्रम ३५ देखि ३७, धनगढीको ३७ देखि ३९, विराटनगरको ३४ देखि ३६, भैरहवाको ३८ देखि ४० र जनकपुरको ३७ देखि ३९ डिग्री सेल्सियसम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसम सफा रहेको र तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । केही दिन अघिसम्म राम्रोसँग घाम नलाग्ने, तुवाँलो लाग्ने र वातावरण प्रदूषणले आकाश नखुल्दा चिसो महसुस गरिएको थियो ।

अहिले घामले जमिन तातेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया