आजदेखि परीक्षाहरु स्थगित, एसईईकाे निर्णय हुन बाँकी

 वैशाख १३, २०७८ सोमबार ९:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो । सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित हुने भएका छन् ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ भने मृत्युदर पनि उच्च भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने चेतावनी दिइसकेको छ ।

यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।    
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • puran neupane

    April 26, 2021, 11:06 a.m.

    सरकारको कदम हेर्दा कोरोना सङ्क्रमण बिद्यालयमा मात्र फैलिएको भन्ने बुझिन्छ,परिक्षा रोकेर मात्र कोरोना सङ्क्रमण रोकिन्छ र यहाँ त राजनीतिक दल हरु बाटनै दिनहु धेरै मान्छेहरु जम्मा गरेर विभिन्न सभा सम्मेलन भएकै त छन नि के त्यहा सङ्क्रमण नफैलिने हो र ????

  •  0 Reply

तपाईको प्रतिक्रिया