अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

 वैशाख १३, २०७८ सोमबार १५:११:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग, व्यवसाय केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, व्यवसाय केही समय बन्द गर्न आग्रह गरेको हो । 

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डाक्टर समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भइ अक्सिजन नपाएर सङ्क्रमितको ज्यान गइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योग, व्यवसाय केही समय बन्द गर्न मन्त्रालयलाई साेमवार (आज) पत्राचार गरिएको जानकारी दिनुभयो । 

पत्रमा 'अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भइ स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न' उल्लेख गरिएको छ ।

आइतवार एकै दिन २८ सङ्क्रमितको ज्यान जानुका साथै तीन हजार एक सय २२ नयाँ काेराेना सङ्क्रमित थपिएका थिए । नेपालमा अहिलेसम्म तीन लाख एक सय १९ सङ्क्रमित, दुई लाख ७७ हजार पाँच सय ७३ निको र तीन हजार एक सय ६४ को ज्यान गइसकेको छ ।   

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया