भारत : दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने

 वैशाख १५, २०७८ बुधबार ६:५२:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ ।

अक्सिजनका ट्याङ्कर आजदेखि दिल्ली पुग्न थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एअरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एअरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ ।

दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै उहाँले ल्याइएको २१ वटा अक्सिजन प्लान्टलाई दिल्लीको विभिन्न अस्पतालमा लगाइने बताउनुभयो । दिल्लीमा मात्रै पछिल्लो २४ घण्टा २४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् भने एकैदिन ३ हजार २ सय ८५ जनाको ज्यान गएको छ ।

भारतमा अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएको छ । अक्सिजनको अभावमा हरेक दिन धेरै सङ्क्रमितले ज्यान गुमाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएको छ । अक्सिजन अभाव भएपछि भारतले तत्कालका लागि अक्सिजन निर्यातमा रोक लगाएको छ । यसबाट नेपाल, बङ्गलादेश, श्रीलङ्कालगायतका एसियाली देशहरुमासमेत अक्सिजनको अभाव हुनसक्ने अनुमान गरिएको छ 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया