भारतमा एकै दिन तीन हजार सङ्क्रमितकाे ज्यान गयाे, ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्याे

 वैशाख १५, २०७८ बुधबार ९:२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । हिजो एकै दिन तीन हजार भन्दा बढीको ज्यान गएको थियो ।

एकै दिन कोरोनाका कारण पहिलोपटक यति धेरैको ज्यान गएको स्थानिय अधिकारीले बताएका छन् ।  भारतमा केही समय यता दैनिक साढे तीन लाखको हाराहारीमा सङ्क्रमित थपिएका छन् । काेराेनाका कारण अमेरिका, ब्राजिल र मेक्सिकोपछि भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ ।

अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर, अक्सिजन तथा औषधिको अभाव भइरहेको छ । भारतमा अहिलेसम्म एक कराेड ७९ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया