जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने : मन्त्री आले

 बैशाख १५, २०७८ बुधबार ९:२१:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएकाे छ ।

दक्षिण एशियाली देशको हिजाे बसेकाे मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएकाे हाे । यस्तै उहाँले जलवायु परिवर्तनको असर कम गर्न याेबाहेक अरु दीर्घकालीन रणनीति पनि तयार गरिरहेको बताउनुभएको छ ।

मन्त्री आलेले भन्नुभयो, “कृषिलगायत विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहोरले वातावरण, जैविक विविधता तथा मानव स्वास्थ्यमा असर पारिरहेको छ, यसको असर कम गर्न एकिकृत नाइट्रोजन व्यवस्थापन रणनीति बनाइ प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।”

नेपाल जलवायु परिर्वतनको दृष्टिकोणले जोखिममा रहेको बताउनुहुँदै मन्त्री आलेले जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न नेपालले गरिरहेका कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले पेरिस सम्झौता बमोजिमको प्रतिबद्धताअनुरुप नेपाल सरकारले हालसम्म गरेका कार्य पनि उक्त कार्यक्रममा स्मरण गर्नु भएको थियो । 

सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य तय गरिएको र विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्न सकिनेसमेत मन्त्री आलेले विश्वास व्यक्त गर्नुभयो । उहाँले थप भन्नुभयो, “नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता छ ।” जलवायु परिर्वतनसम्बन्धी २६औँ सम्मेलनमा प्रभावकारी सहभागिता जनाउन नेपालले गरिरहेको पूर्वतयारीबारे मन्त्री आलेले जानकारी दिनुभयो । 

विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहर सन् २०३० सम्ममा आधा कटौती गर्न अघि बढाइएको कोलोम्बो घोषणाले तय गरेका उद्देश्य प्राप्तिका लागि साझा प्रयास आवश्यक भएको भन्दै उहाँले यसका लागि संयुक्त वातावरण विकास साझेदार तथा सबै सदस्य राष्ट्रलाई एकजुट भएर सहकार्य गर्नसमेत आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया