‘कोरोनाका कारण बालबालिकामा ठूलो असर, १० प्रतिशतको नियमित खाना नै कटौती’

 वैशाख १५, २०७८ बुधबार १५:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीको कारण बालबालिकाको चौतर्फी विकासमा ठूलो नोक्सान पुगेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफ नेपाल, शेयरकास्ट सहितका सङ्घ–संस्थाले संयुक्त रूपमा गरेको अध्ययनले बालबालिकाले पर्याप्त खाना नपाएको, शिक्षाबाट वञ्चित हुनुपरेको र परिवार गरिबीमा धकेलिँदा उनीहरूको चौतर्फी विकासमा ठूलो नोक्सानी पुगेको देखाएको छ ।

गएको मे महिनादेखि ६ पटकसम्म गरेर ६ हजार घरपरिवारमा अध्ययन गरिएको थियो । अध्ययनका अनुसार गएको वर्ष चैत ११ देखि भएको लकडाउनको सुरुमा ९० प्रतिशत बालबालिका पढाइबाट वञ्चित भएका थिए भने अनलाइन कक्षा सुरु भएपछि जम्मा ३० प्रतिशत बालबालिकाले मात्रै पढ्न पाएका थिए । यसरी पढ्न पाउनेमध्ये धेरै सम्पन्न परिवारका बालबालिका मात्रै थिए ।

यस्तै गएको अगस्ट महिनासम्म २० प्रतिशत घरपरिवारले खाद्यान्नकै लागि सङ्घर्ष गर्नुपरेको थियो भने अहिले पनि १० प्रतिशत घरपरिवारका बालबालिकाले नियमित खानामा कटौती गर्नुपरेको देखिएको छ ।

यस्तै १० प्रतिशत परिवारले होम आइसाेलेशनकाे व्यवस्था गर्न असमर्थ रहेको बताएका छन् भने गरिबीकै कारण कोरोना महामारीबाट बच्न अपनाउनुपर्ने सुरक्षा मापदण्डको पालनामा कमी आएको देखिएको छ ।

यस्तै समुदायमा बालबालिका र महिलामाथि हुने दुर्व्यवहार तथा हिंसाका घटना बढ्दै गएको, बाल श्रम, बालविवाह र बेचबिखनका घटना पनि बढ्दै गइरहेको उत्तरदाताले बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफले बालबालिकाको शिक्षा र पोषणका लागि ६ हजार घरपरिवारका १० हजार बालबालिकालाई दुई हजार रुपैयाँका दरले सहयोग गरेको पनि जनाएको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया