भारत : कोरोना सङ्क्रमण भयावह, ३ लाख ७९ हजारभन्दा बढी सङ्क्रमित थपिए

 बैशाख १६, २०७८ बिहिबार ६:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएको छ ।

गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै यो अवधिमा ३ हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

महाराष्ट्रमा मात्रै झण्डै एक हजार जनाको ज्यान गएको छ । यस्तै, पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा झण्डै २६ हजारलाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिम बङ्गालमा १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ३ लाख ६ हजारभन्दा धेरै पुगेको छ ।

अहिलेसम्म त्यहाँ कोरोनाका कारण २ लाखभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया