पूर्वरानी कोमललाई आईसीयूमा सारियो, शरीरमा अक्सिजनको मात्रा निकै घट्यो

 बैशाख १६, २०७८ बिहिबार १२:३६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित पूर्वरानी कोमल शाहलाई आईसीयू (सघन उपचार कक्ष) मा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा अत्यन्तै कम देखिएपछि आईसीयूमा सारिएको हो ।

उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि ‘हाई–फ्लो अक्सिजनको सपोर्ट’ मा आईसीयूमा राखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिनुभयो । शरीरमा अक्सिजनको मात्रा निकै घटेपछि हाई–फ्लो अक्सिजनको सपोर्टमा राखिन्छ । हिजो बेलुकादेखि पूर्वरानी कोमललाई आईसीयूमा सारिएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले बताउनुभयो । उहाँका अनुसार ज्ञानेन्द्र शाहलाई पनि अक्सिजन दिइएको छ । छोरी प्रेरणालाई अक्सिजनको आवश्यक्ता नपरेको अस्पतालले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया