आफ्ना नागरिकलाई जति सक्दाे छिटाे भारत छाड्न अमेरिकाकाे आग्रह

 वैशाख १६, २०७८ बिहीबार १६:३५:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह गरेको छ । अमेरिकाले जति सक्दो छिटो आफ्ना नागरिकलाई भारत छोड्न एड्भाइजरी जारी गरेको छ ।

अमेरिकाले भनेको छ, ‘भारतमा कोरोना सङ्कट यसरी बढेको छ कि त्यहाँ औषधि तथा उपचार पद्धति असफल जस्तै बनेको छ ।’ दिनप्रतिदिन कोरोनाका बिरामीको ज्यान जाने सङ्ख्या बढेको तथा नयाँ बिरामीले उपचारका लागि शय्या पाउन छोडेकाे भन्दै अमेरिकाले त्यहाँ रहेका नागरिकलाई एड्भाइजरी जारी गरेको हो ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको सङ्कटसँग जुधिरहेको भारतलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । 

‘​काेभिडकाे बढ्दाे सङ्क्रमणबाट मेडिकल सुविधा ध्वस्त भएकाे छ’, अमेरिकाले जारी गरेकाे एड्भाइजरीमा भनिएकाे छ । आफ्ना नागरिकहरू भारतबाट आउने फ्लाइटमा सिधै आउन सक्ने अमेरिकाले जनाएकाे छ ।  

 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया