तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न यूरोपका देशलाई डब्ल्यूएचओकाे चेतावनी

 बैशाख १७, २०७८ शुक्रबार ११:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यूरोपमा प्रतिबन्धहरु खुकुलो पारेमा भारतमा जस्तै कोरोना सङ्क्रमण फैलन सक्ने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लुगले कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा यूरोपमा पनि भारतजस्तै कोरोना फैलन सक्ने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

कोरोना भाइरसका नयाँ भेरियन्टहरु देखिएको र खोपको दर निकै कम रहेकाले यो बेला प्रतिबन्धहरु खुकुलो पारेमा कोरोनाको आँधी आउने क्लुगले बताउनुभयो । भारतमा कोरोना सङ्क्रमण फैलिनुमा विभिन्न कारणले गरिएका भीडहरु रहेको भन्दै डब्ल्यूएचओले यूरोपमा पनि उस्तै गल्ति दोहोरिन थालेको बताएको छ ।

झण्डै १६ प्रतिशत मानिसलाई कम्तीमा पहिलो डोज खोप दिइसकेपछि यूरोपका देशहरुले चरणबद्ध रुपमा प्रतिबन्धहरु खुकुलो पार्न थालेका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया