भारतकाे सर्वाेच्च अदालतले भन्याे, ‘सामाजिक सञ्जालमा अक्सिजन र शय्या माग गर्नेलाई कारबाही हुने छैन’

 वैशाख १७, २०७८ शुक्रबार १८:४१:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरसको स्थितिबारे सुनुवाई गर्दै त्यहाँको सर्वाेच्च अदालतले केन्द्र र दिल्ली सरकारलाई कडा निर्देशन दिएको छ । 

कुनै पनि राज्यले कोभिड–१९ सूचनाको प्रचारप्रसार रोक्न दबाब दिन नसक्ने सर्वाेच्च अदालतले जनाएको छ । नागरिकले आफ्नो गुनासा सामाजिक सञ्जालमा राख्न पाउने न्यायालयले जनाएको छ । 

न्यायाधीश डीभाई चन्द्रचूडले भन्नुभयो, ‘यदि नागरिकले सामाजिक सञ्जालमार्फत आफ्ना गुनासाका बारेमा बताउँछन् भने हामीले सूचनामा प्रतिबन्ध लगाउनु हुँदैन । यदि कुनै नागरिक शय्या (बेड) या अक्सिजन चाहन्छ र उसलाई समस्यामा पारिन्छ भने हामी अवहेलना मान्छौँ । हामी एक मानवीय सङ्कटमा छौँ ।’

न्यायाधीश चन्द्रचूडले डाक्टर र स्वास्थ्यकर्मीहरुले पनि शय्या नपाउनु एक विकट स्थिति भएको जनाउनुभएको छ । इन्टरनेटमा मानिसहरुले व्यक्त गरेका समस्या र अनुमान गलत हुन नसक्ने सर्वाेच्च अदालतले बताएको छ । 

भारतमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर निकै तीव्र गतिमा फैलिइरहेको छ । सङ्क्रमितले अक्सिजन सिलिन्डर नपाएको, उपचारमा समस्या भएको र शवको अन्तिम संस्कारका लागि पनि घण्टौँ कुर्न परिरहेको त्यहाँका सञ्चारमाध्यमले जनाइरहेका छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया