कोरोना सङ्क्रमित भारतीय टीभी पत्रकार सरदाना रहेनन्

 बैशाख १७, २०७८ शुक्रबार १९:५२:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना सङ्क्रमित भारतीय टीभी पत्रकार रोहित सरदानाको उपचारका क्रममा ज्यान गएकाे छ ।

पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उहाँकाे दिल्लीकाे नोयडामा रहेको मेट्रो अस्पतालमा ज्यान गएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित सरदाना सन् २०१७ मा जी–न्यूज छाडेर आज तकमा जानुभएको थियो । 

आज तकबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीले शोक व्यक्त गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया