इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत ४ विकेटले विजयी
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश-१ र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बद्ली भइ चट्याङ्ग परिरहेको छ ।
आज दिनभरजसो नै देशभर आंशिकदेखि सामान्य बद्ली रहनेछ । बेलुकीपख भने काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका केही थोरै ठाउँहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
आज राति पनि प्रदेश-१ लगायत पहाडका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ।
आउँदो तीन दिनसम्म नै देशका पहाडी ठाउँहरुमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।