इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत ४ विकेटले विजयी
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ ।
यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय भएसँगै पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको हो ।
वैशाख १५ गते साइतपूजा गरेर १६ गते अस्तिदेखि रथ बनाउन थालिएको हो । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो । यसैबीच वैशाख १५ गते महास्नान गरेर गुप्तबासमा राखिएका रातो मच्छिन्द्रनाथलाई आउँदो मंगलवार गुप्तबासबाट निकालिँदैछ ।
महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएर आठौं दिनमा मर्मतसम्भार गरिने परम्परा अनुसार मंगलवार गुप्तबासबाट निकालेर मर्मत सम्भार गरिने पुजारी कपिल बज्राचार्यले बताउनु भयो । यसपालि रातो मच्छिन्द्रनाथलाई आउँदो २९ गते रथारोहण गरिने छ भने जेठ १ गतेबाट रथयात्रा सुरु हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।