भारतमा एकैदिन चार लाखमा कोरोना सङ्क्रमण, तीन हजार चार सय जनाको ज्यान गयो

 बैशाख १८, २०७८ शनिबार ८:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ । यस्तै हिजो तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच भारतले कोरोना परीक्षणको संख्या तीव्र गतिमा बढाएको छ ।

गएको बिहीवार मात्रै १९ लाख २० हजार जनाको पीसीआर परीक्षण भएको खबरमा उल्लेख छ । यस्तै बुधवार साढे १७ लाखमा परीक्षण भएको थियो । भारतमा अहिलेसम्म २८ करोड ६४ लाख जनामा पीसीआर परीक्षण भएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया