गुजरातको कोरोना अस्पतालमा आगलागी हुँदा १८ जनाको ज्यान गयो

 बैशाख १८, २०७८ शनिबार १०:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना कोरोनाका बिरामीको ज्यान गएको छ ।

गुजरातको भरुच अस्पतालमा भएको आगलागीमा १८ जनाको ज्यान गएको र केहीको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।

५० जना बिरामी रहेको अस्पतालमा राति एक्कासी आगलागी भएको र केहीको उद्धार गरिएको खबरमा उल्लेख छ । भरुचका एसपी राजेन्द्रसिंह चुडासामाका अनुसार केही व्यक्ति हराइरहेका छन् ।

भारतकै महाराष्ट्रमा अघिल्लो हप्ता पनि कोरोना अस्पतालमा भएको आगलागीमा १३ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया