अहिलेसम्म २१ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा, चार जिल्लामा आंशिक

 बैशाख १८, २०७८ शनिबार १३:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कारोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिलेसम्म २५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लगाएको छ ।

कोरोनाको दोस्रो लहरको सङ्क्रमणदर र मृत्युदर उच्च भएपछि सरकारले २१ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाएको हो । त्यस्तै, चार जिल्लाका सङ्क्रमण दर बढी भएका पालिकाहरुमा निषेधाज्ञा लगाइएको छ ।

बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा, झापा, गुल्मीमा पूर्ण निषेधाज्ञा लगाइएको छ । बाँकी चार जिल्ला मोरङ, दार्चुला, कालीकोट र बाग्लुङमा सङ्क्रमण बढी भएका ठाउँमा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

केही जिल्लामा गाडीमा जोरबिजोर प्रणाली पनि लागू गरिएको छ । सङ्क्रमणबाट जोगिन कास्की, सुनसरी र झापामा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया