थप ५ हजार ७ सय ६३ जनामा कोरोना पुष्टि, १९ जनाको ज्यान गयो

 वैशाख १८, २०७८ शनिबार १६:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा १९ सय ३२ जना, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ जनामा कोरोना पुष्टि भएको छ आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ ।

यस्तै १२ सय ८७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ । यस्तै कोरोनाका कारण थप १९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ सय ९८ पुगेको छ । अहिले ४३ हजार दुई सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया