स्वास्थ्य प्रणालीले धान्न सकिएन भन्दै सरकार पन्छिन खोज्नु आपत्तिजनक : चिकित्सक संघ

 वैशाख १८, २०७८ शनिबार १७:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको लागि बेड अभाव रहेको र स्वास्थ्य प्रणालीले धान्न नसकेको विज्ञप्ति निकालेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघले आज विज्ञप्ति निकालेर नागरिकका साथमा रहनुपर्ने सरकार नै महामारीबाट पन्छिन खोज्नु आपत्तिजनक रहेको बताएको हो । अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमा नै दिएर र श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न संघले सुझाव दिएको छ ।

संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै संक्रमित हुँदै गइरहेको अवस्थामा उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण बनाउन पनि संघले माग गरेको छ ।

नेपाल चिकित्सक संघले महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैं सरकारलाई सहयोग र सहकार्य गर्न तत्पर रहेको नजाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया