रोजगारी गुमेका श्रमिकको जीविकोपार्जनकाे प्रबन्ध गर्न प्रदेश प्रमुखकाे आग्रह

 वैशाख १८, २०७८ शनिबार १८:१२:४२ | रासस
unn.prixa.net

काठमाण्डौ – कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे १० का अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी, सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले कोरोना महामारीमा रोजगारी खोसिएका श्रमिकहरुको अधिकार रक्षा र सुनिश्चितताका लागि उचित प्रबन्ध गर्न सम्बन्धित् सबैको ध्यान आकर्षण गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “यस दिवसले श्रमिकको हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्दै सबै श्रमजीविलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिएको छु । विशेषगरी, कोरोना महमारीको यो जोखिमपूर्ण अवस्थामा आफ्नो जीवन जोखिममा राखेर मानव जीवन रक्षार्थ खटिनुहुने सबै क्षेत्रका श्रमिकहरुलाई धन्यवाद व्यक्त गर्दछु । श्रमिकहरुको मनोबल कमजोर नहुन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछु ।”

नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसम्म ल्याई पुर्याउन नेपाली श्रमिक वर्गले गरेको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेशप्रमुख कलौनीले अन्तर्राष्ट्रिय श्रमिक दिवस सबै क्षेत्रका श्रमिकहरुका लागि श्रमको उपयुक्त वातावरण, रोजगारीको सुनिश्चितता, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकार सुनिश्चित गर्न सार्थक बनोस् भन्ने कामना गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Jay Prakash Chaudhary

    May 1, 2021, 6:46 p.m.

    एकवर्ष भयो जब नपाएको/

  •  0 Reply

तपाईको प्रतिक्रिया