सरकारले हातखुट्टा झिकेको छैन : स्वास्थ्यमन्त्री त्रिपाठी

 बैशाख १९, २०७८ आइतबार ७:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आजदेखि कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएको बताउनु भएको छ ।

हिजो बेलुका एक भिडियो सन्देश जारी गर्दै उहाँले आतङ्कित नहुन आग्रह गर्नुभयो । उहाँले सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

सरकार नागरिककाे साथमा रहेको र बाहिर प्रचार भएजस्तो कोरोना सङ्क्रमितको उपचारबाट हातखुट्टा नझिकेको र सरकार यथासम्भव विश्वमा उपलब्ध साधन जोहो गर्न लागेको बताउनुभयो ।

अहिलेको सङ्क्रमण आक्रमक भएकाले सङ्क्रमितकाे संख्या बढेको र व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया