दाङमा कारभित्र भेटिएका तीन बालकको पहिचान खुल्यो

 बैशाख १९, २०७८ आइतबार ९:३२:१३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा कारभित्र भेटिएका तीन बालकको शवको पहिचान खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका-६ मा भारतीय नम्बर प्लेटको कारमा शव भेटिएका तीन बालकको पहिचान खुलेको हो । उनीहरु सबै तुलसीपुर उपमहानगरपालिकाका रहेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका-६ का भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणको शव भेटिएको छ। उनीहरु तीनैजना गएको १६ गतेदेखि हराएका थिए । उनीहरुका अभिभावकले १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष टोली तुलसीपुर पुगेको छ । बालकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरी जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया