दाङ : अक्सिजन अभावबारे प्रमुख जिल्ला अधिकारीसहितकाे बैठक सुरु

 बैशाख १९, २०७८ आइतबार १५:२३:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभावलाई लिएर आपूर्तिका लागि अहिले प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसिरहेको छ ।

कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा आइतवार बिहान एक जनाको ज्यान गएको थियो । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण कोरोना सङ्क्रमितको ज्यान जान थालेपछि अक्सिजन आपूर्तिबारे आकस्मिक बैठक सुरु भएको हो ।

कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा धेरैको ज्यान जोखिममा परेको छ ।

अस्पतालले नेपालगञ्जबाट अक्सिजन ओसोर्दै आएको छ । अक्सिजन लिन गएको ट्रक लाइनमा बस्दा ढिलाइ भएको बताइएको छ । भर्खरै ट्रकले ६५ वटा सिलिन्डर अक्सिजन ल्याएको भए पनि यसले पनि राति ८ बजेसम्मलाई मात्रै पुग्ने अस्पताल स्रोतले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया