चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरमा रहेकाे अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतवार (आज) कारबाही गरिएको हो ।
बजार अनुगमनका क्रममा खरिद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि यस सप्लायर्सलाई कारबाही स्वरूप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा यस सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरिद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।
यस सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा १६ (२) को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ (१) को ‘ख’ बमोजिम जरिबाना गरिएको हो ।
अहिले विभागले काठमाण्डाै उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।
गएकाे बिहीवार विभागले भक्तपुरमा मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको थियो । यस कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रूपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।