‘बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ’

 वैशाख १९, २०७८ आइतबार १८:५८:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले आइतवार (आज) विशेष अदालतको आदेशअनुसार थुनामा रहनुभएका बस्न्यातलाई थुनामा राख्नुको कारणसहित सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका बस्न्यातका तर्फबाट ज्वाईं प्रज्वल अधिकारीले स्वास्थ्य अवस्था प्रतिकूल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा शुक्रवार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो । बस्न्यात थुनामै रहेको अवस्थामा कोरोना सङ्क्रमण भएर अहिले चावहिलमा रहेकाे ओम अस्पतालमा उपचाररत हुनुहुन्छ ।

रिट निवेदनमा ६९ वर्ष भइसक्नुभएका उहाँ मुटु रोगबाट समेत पीडित रहेको उल्लेख छ । बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले बस्न्यातसहित एक सय १० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यही मुद्दामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसविरुद्ध बस्न्यातले सर्वोच्चमै निवेदन दिनुभएको थियो तर मिसिल झिकाउने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आएको हो ।   

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राम चन्द्र तिमल्सिना

    May 2, 2021, 8:11 p.m.

    एउटा भ्रष्टाचारि लाई अनुशन्धान शुरु गर्न नपाउदै हजारौं बुद्दिजिबी,शिक्षित भनाउदा भ्रस्टाचारि हरु बिरोध मा आउछन...अनि यहाँ कसले कसलाइ कारबाही गर्ने? यहाँ त जति सक्दो खाउ! तिमी पनि मलाइ पनि खान देउ ! के कानुन, के न्यायलय...सरकार को कुनै निकायमा इमानदारीता छैन...

  •  0 Reply

तपाईको प्रतिक्रिया