अमेरिकी डलरको भाउ फेरि बढ्यो, अरु विदेशी मुद्राको भाउ कति ?
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निश्चित समयमा मात्रै अत्यावश्यक वस्तुका पसल खोल्न दिने तयारी गरेको छ । आइतवार (आज) यस विषयमा छलफल भए पनि निर्णय भने हुन बाँकी रहेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
काठमाण्डौमा निषेधाज्ञा भए पनि प्रभावकारी नभएको निष्कर्ष निकाल्दै थप कडाइ गर्ने तयारी गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अब बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरू खोल्न अनुमति दिइने तयारी भएको छ ।
त्यस्तै यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएको भए पनि त्यसमा कडाइ गरिने भएको छ । यस्तै निषेधाज्ञालाई कडाइ गर्न भोलिदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यबाहेकका गाडीलाई पास नदिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।