अमेरिकी डलरको भाउ फेरि बढ्यो, अरु विदेशी मुद्राको भाउ कति ?
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।
आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले उज्यालोलाई जानकारी दिनुभयो ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताउनुभयो । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् ।
अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । नेपालमा हरेक १०/१० वर्षमा जनगणना हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।