‘सरकार गठनकाे दाबीमा हाम्राे हस्ताक्षर प्रस्तुत गर्नु त्रुटिपूर्ण छ, पाेखरेललाई नै समर्थन छ’

 बैशाख २०, २०७८ सोमबार १३:५३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – सूर्य चिह्नबाट चुनाव जितेका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शङ्कर पोखरेललाई समर्थन रहेको बताएका छन् ।

कपिलवस्तु–२ ख बाट निर्वाचित श्रीवास्तव र नवलपरासी पश्चिम १ ख बाट निर्वाचित शाहीले विज्ञप्ति निकालेर सूर्य चिह्नबाट निर्वाचित भएकाले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहेको बताएका छन् ।

कुलप्रसाद केसीसमेतले सरकार गठनका सन्दर्भमा गरेको दाबीमा लिइएको हस्ताक्षर बदनियत र त्रुटिपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिबद्ध रहँदै संसदीय दलका नेता माननीय मुख्यमन्त्री शङ्कर पाेखरेलप्रति समर्थन रहेकाे स्पष्ट पार्न चाहन्छाैँ’​, विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया